लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्रामको सुबिधा सम्पन्न विश्राम वाटिकाको खानालाई अतिउत्तम वर्गको प्रमाणिकरण

IMG

तिलोत्तमा,२०८० फाल्गुण २८ गते। लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मणिग्राम स्थित मणिग्राम विश्राम वाटिका प्रा.लि खाद्यान्न अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नवलपरासीको अनुगमन टोलीले होटलको किचेनको स्थलगत अनुगमन गरेर होटलको खानालाई ( क ) वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।


खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलवाइ सहित खाद्य प्राबिधिक, HAN का प्रतिनिधि सहितको टोलीले यस होटेलमा खाना तयार पार्दा पालना अपनाएका स्वच्छताका मापदन्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको होटेलका MD प्रणदा दिक्षितले बताउनुभयो । नेपाल सरकार कृषि मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटेल , रेष्टुरेन्ट स्तरिकरण गर्नका लागि २०७४ मा जारी गरेको निर्देशिका अनुसार अनुगमन टोलीले फागुन २२ गते होटलको अनुगमन गरेको थियो । खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर ब्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको , खाद्य सामाग्रीहरु ताजा र बिषादी रहित भए नभएको , खानाका परिकारहरु तयार भएपछि ती खानेकुरा हरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको , फ्रिज चलिरहेको त्यसको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।


अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य,सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्ने गरेको छ । होटल विश्राम वाटिकाले तीन तारा क सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख हलवाइले बताउनु भयो।विश्राम वाटिकाले किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पुर्बाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फुड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु संचालन गर्दै आएको विश्राम वाटिका  प्रबन्धक सुरज खड्काले  बताउनुभयो। करिब १ अर्वको लगानी रहेको रिसोर्ट  करिब ३ बिगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटलमा ७१ वटा कोठा, साना ठुला गरेर ६ वटा हल छन । करिब ७० जना युवा रोजगारी भएको बाटिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्