लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चर्को आवाजमा डिजे बजाएको आरोपमा एक जना पक्राउ

tillotmacitynews - 2024 Mar 11 07:55 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २८ गते । चर्को आवाजमा डिजे बजाएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९, रामपुरका ३० वर्षीय मनौवर मियाँ रहेको डीएसपी दधिराम न्यौपानेले बताए । सोमबार अपराह्न ३ बजेतिर कलैया बजारमा चर्को आवाजमा डीजे बनाएर ध्वनि प्रदूषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका मियाँ नेपाल सुनिल ब्याण्ड कलैयासँग आवद्ध छन् । उनीविरुद्ध के कसूरमा मुद्दा चल्छ वा रातिसम्ममा छाडिन्छन् भन्नेबारे प्रहरीले केही बताएको छैन ।

कमेन्ट गर्नुहोस्