लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

IMG

तिलोत्तमा,२०८० फाल्गुण २६ गते। विद्युतीय व्यावसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको छैठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संघको शनिबार तिलोत्तमा भलवारी स्थित हिडन प्यालेशमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि विद्युतीय व्यवसायी संघका प्रकाश चन्द्र पाण्डेले विद्युतीय व्यवसायीहरुले संघमा आबद्ध ब्यबसायीको हकहितका लागि गरेको कार्य र सामाजिक क्षेत्रमा गरेको सेवामुलक कार्य प्रशंसनिय रहेको बताए ।  व्यवसायीहरुलाई परेको दोहोरो कर प्रणालीको समस्या, ठेगदार प्रक्रिया तथा  होलसेल तथा फुटकर बिक्री सम्बन्धी समस्याहरु समाधान गर्नका लागि स्थानिय,प्रदेश र संघिय सरकारमा आवश्यक पहल गर्न संघ दिनरात लागिपरेको उनले बताए ।


त्यस्तै कार्यक्रममा रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमाका अध्यक्ष चिरन्जीवी गैरेले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संघमा आबद्ध हुन सबै व्यवसायीलाई आग्रह गर्नुभएको थियो।उहाँले प्राबिधिक काम भएकोले केहि समस्या भएपनी त्यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा संस्थाले गरेको प्रगतिका बिषयमा प्रकास पर्दै अध्यक्ष गैरेले विद्युतीय व्यवसायीको हक हित र अधिकार सुनुस्चित गर्दै व्यवसायिक सफलता हासिल गर्न लागिपरेको समेत बताउनुभयो । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल बिधुतिय व्यवसायी महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डे, रुपन्देही विद्युतीय व्यवसायी संघका चन्द्र कान्त भण्डारी, शान्त राज खनाल , लोकनाथ पोखरेल, साझेदार संस्थाका संचालक प्रकाश न्यौपाने लगायतले बोल्दै संघको नया कार्य समिति चयन भएकालाई बधाई तथा शुभकामना दिएका थिए।अधिबेशनको अवसरमा सबै व्यवसायीहरुको नि:शुल्क रगत परिक्षण , सुगर प्रेसर किड्नी परिक्षण समेत गरिएको थियो। 


संघमा पराजुलीको नयाँ नेतृत्व  

रुपन्देही विद्युतीय व्यवसायी संघ तिलोत्तमा नगरको छैठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष पदमा हुमनाथ पराजुली सहित ११ जना नयाँ कार्यसमितिको चयन गरेको छ । संघको उपाध्यक्षमा चूडामणि सुवेदी, सचिव बसन्त भण्डारी, कोषाध्यक्ष दिपेश पाण्डेय र सदस्यहरुमा कृष्ण थारु,आनन्द भुसाल,अमृत पौडेल,बुद्धिसागर पराजुली,प्रदीप पाठक,प्रकाश थापा,शेर बहादुर थापा लगायतका रहेका छन्। नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि नेपाल बिधुतिय व्यवसायी महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डेले बधाई शुभकामना सहित टिका माला तथा प्रमाण पत्र प्रदान गरेका थिए। 

कमेन्ट गर्नुहोस्