लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता हुने

IMG

तिलोत्तमा,२०८० फाल्गुण १९ गते।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुने सम्भावना रहेको बताएका छन् ।शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन कानुनलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए ।संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय कानुन निर्माणमा सरकार सक्रिय रुपमा लागेको छ । संघीय निजामती सेवा विधेयक सम्भवतः भोलि दर्ता हुन्छ सदनमा, प्रहरी ऐन यसै अधिवेशनमा प्रस्तुत गर्ने तयारी छ’ उनले भने ।


प्रधानमन्त्री प्रचण्डले तीन तहका सरकारले के के काम गर्ने भनी विस्तृत रुपमा उल्लेख गरिएको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन परिमार्जन गरेर संघीयता कार्यान्वयनमा देखिएको केन्द्रीकृत मानसिकता र अधिकार र जिम्मेवारीको अस्पष्टतालाई थप स्पष्ट र व्यवहारिक बनाउने बताए ।संविधान निर्माणको ८ वर्ष पूरा हुँदासम्म संघीयता कार्यान्वयनमा रुची नदेखाउने र वित्तीय र प्रशासनिक अधिकार हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि रहेको प्रधानमन्त्रीले बताए ।त्यसलाई तोड्न आफूले पहल गरिरहेको भन्दै उनले जनप्रतिनिधि, विज्ञ र जनताको सुझाव समेटेर सरकारको नीति कार्यक्रम परिमार्जन गर्र्ने र बजेटको पनि करसम्बन्धी नीतिबाहेक अरु कुरा परिमार्जन गर्ने गरी कानुनी व्यवस्था गरिएको बताए ।


अर्थतन्त्रका बाह्य सूचक गत सालदेखि अहिलेसम्म आइपुग्दा सकारात्मक दिशामा गइरहेको तर अर्थतन्त्र अझै दबाबमुक्त नभएको प्रधानमन्त्री प्रचण्डले बताए ।‘गत साल भन्दा राजस्व बढेको छ । पर्यटक आगमन पनि बढेको छ, रेमिट्यान्स पनि बढेको छ, विदेशी मुद्रा सञ्चिती त इतिहासमै बढी छ’ उनले भने, ‘यस्ता सूचक हेर्दा हामी निकै उत्साहित हुनुपर्ने हो तर समग्र अर्थतन्त्रको गति हेर्दा अर्थतन्त्र निकै ठूलो दबाबमा छ ।’

कमेन्ट गर्नुहोस्