लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालुवाटारमा आकस्मिक भेट : प्रधानमन्त्री भेट्न ओली २ पटक, रवि पनि गए

IMG

तिलोत्तमा,२०८० फाल्गुण २० गते।बालुवाटारमा अहिले आकास्मिक भेटघाट निरन्तर चलिरहेकोछ छ , शिर्ष नेताहरु एक पछि अर्को गर्दै गाडि हुइकाउदै बालुवाटार पुगेका छन्। गठवन्धनमा आएको दरारबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अचानक राजनीतिक सक्रियता बढाएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसित उनले दुईपटक भेट गरे ।


विहान एक्लै बालुवाटार गएर प्रधानमन्त्री भेटेका ओली बेलुका महासचिव शंकर पोखरेललाई लिएर गएका हुन् । भेटघाटको मुख्य विषयवस्तु टीआरसी भएको बताइएको छ । यद्यपि अन्य राजनीतिक विषयवस्तुमा पनि कुराकानी भएको अनुमान छ ।लगभग एउटै समयमा रास्वपा अध्यक्ष रवि लामिछाने पनि बालुवाटार पुगेका थिए । टीआरसीकको टुंगो लगाउन बोलावट आएको भन्दै उनी एक्लै गएको पार्टी स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्