लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिब्दिकोटका ६५ जना विपन्न समुदायलाई स्वास्थ्य बिमा

tillotmacitynews - 2024 Mar 01 01:34 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १८ गते । रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाको रकमबाट ६५ जना विपन्न समुदायको  स्वास्थ्य बिमा गरिदिनुभएको छ । तीन हजार पाँच सय रुपियाँ तिरेपछि पाँच जनासम्मको परिवारले स्वास्थ्य बिमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्नेगरी काम गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले निर्वाचन अघि नै आफुले गाउँपालिकाबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेको र सोही अनुसार बिमा गर्न सहयोग गरेको बताउनुभयो ।


यसैगरी, रिब्दीकोट गाउँपालिकाले पालिकाभित्रका श्रमिकलाई पोसाकसहित सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठ वटै वडाका श्रम गरेर जिविकोपार्जन गर्नेहरुलाई  गाउँपालिकामा भेला गराएर  पोसाक दिएर सम्मान गरेको हो ।पालिकाले ६८ जना श्रमिकलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो । ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरवस्थानका आठ, कुसुमखोलाका तीन, ठिमुरेका सात, पालुङमैनादीका चार र फेकका चार जनालाई सम्मान गरिएको छ ।  गाउँमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकलाई यसरी सम्मान गर्दा काम गर्नमा आत्मसम्मान बढ्ने अध्यक्ष कार्कीले बताउनुभयो  ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले काम गर्ने तर बचत नगर्ने  मदिरा सेवन गरेर घर परिवारसँग झैँ(झगडा गर्न बानी छुटाउनका लागि परामर्शसमेत दिइएको जानकारी दिनुभयो । मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानी नोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो  ।

कमेन्ट गर्नुहोस्