लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनहित माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

IMG

तिलोत्तमा, फागुन १४ गते २०८०। जनहित माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । २०३२ सालमा स्थापना भएको विद्यालयले सोमबार आफ्नो ४८औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनेश्वर पोख्रेल मनिषको अध्यक्षतामा तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम पुर्व खानेपानी तथा राज्यमन्त्री एबम बर्तमान लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साम्सद रज्जाकले  सबैको सहयोगले विद्यालयका समग्र बिकासमा टेवा पुग्ने बताए।


सबैले विद्यालयप्रती अत्यन्तै माया र सद्भाव राख्नु पर्ने बताउदै उनले बिद्यालयको भौतिक तथा प्राबिधिक र ब्यबहारिक शिक्षाको बिकासमा एक कदम माथि उठ्नुपर्ने बताए । उनले जन्म दिने आमा, बुबा पछि माया पाउने तथा आँखा खोल्ने र शिक्षादीक्षा दिने क्षेत्रनै विद्यालय भएको बताए । उनले भने– ‘अहिले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संख्या उल्लेखनीय देखिदा विद्यालयले पक्कै पनि शैक्षिक अवस्था राम्रो रहेको बुझिन्छ । यसले सामुदायिक विद्यालय प्रतिको लगाब अनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको सन्देश दिएको छ । यस विद्यालयले अहिले सम्म कयौं राष्ट्र सेवक कर्मचारी लगायत विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेको छ ।’


कार्यक्रममा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मुनेश्वर पोख्रेलले बिद्यालयमा बिद्यार्थी,अभिभावक, बिद्यालय ब्यबस्थापन समिति र शिक्षकको समग्र सहयोगले प्रगतिमा पुग्न सकिने बताए। छिट्टै प्राबिधिक शिक्ष सहितको प्लस टु अध्ययनक अलागी स्थानीय प्रदेश र संघिय सरकारमा प्रस्ताव भएको जानकारी गराउदै बिद्यालयको भौतिक सामाजिक बिकासको लागि आफु दिनरात प्रयत्नशील रहेको बताए। 


सो अवसरमा बोल्दै तिलोत्तमा वडा नम्बर-१७ का अध्यक्ष दान बहादुर चौधरीले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमा बोल्दै उनले आफु पढेर शिक्षक हुदै प्रधानाध्यापक भएको स्कुलको प्रगतिका लागि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनारायण चौधरीले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान र सहयोग गर्दै आउनु भएका व्यक्तिहरुलाई सम्मान साथै विद्यार्थीहरुको लगनशीलता र अनुशासनको मुल्यांकन गरि बर्षभरिमा अध्यनमा रामो नतिजा ल्याउनेहरु विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएका थिए । कार्यक्रममा रास्ट्रीय परिक्षा बोर्ड गण्डकी प्रदेशका पुर्व प्रमुख दिपेन्द्र ढकाल,वडा नम्बर-१० का अध्यक्ष गोपाल घिमिरे, प्याब्सनका केन्द्रिय सदस्य बिष्णु प्रसाद पौडेल,तिलोत्तमा कार्यपालिका सदस्य देवकी थारू,शिवम मिश्र, स्थानिय जनप्रतिनिधि, अभिभावक शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।


बिद्यालयले बार्षिकोत्सवको अवसर पारेर फुड फेस्टिभल समेत गरेको थियो ।  स्थानिय परिकार हरु सजाइएको सो खाना मेलामा बिद्यार्थीहरुले आफै बनाएका , घोगी, ढिकरी, सेल ,बटुक, चुकाउनी,पुरी  मटर,माछाका परिकार लगायातका खानाहरु राखिएको थियो।सो अवसरमा बिद्यार्थीहरुले आ आफ्ना नृत्य तथा गायन प्रस्तुति देखाएका थिए भने शिक्षिकाहरुले समेत देशभक्ति गीतमा नृत्य गरेका थिए। 

कमेन्ट गर्नुहोस्