लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समयमै कारोबारको राफसाफ कार्य नगरेपछि सिप्ला सेक्युरिटिज कारबाहीमा

tillotmacitynews - 2024 Feb 26 06:48 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १४ गते । सेयर कारोबारको समयमै राफसाफ तथा फछर्यौट कार्य नगरेको भन्दै नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिजलाई कारबाही गरेको छ । कारबाहीस्वरुप सो कम्पनीलाई ३ कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ ।


सेयर कारोबार सम्पन्न भएको ३ दिनभित्र खरिद गर्नेले सेयर पाउने र बिक्री गर्नेले रकम पाउनुपर्ने व्यवस्था छ । अर्थात् ३ दिनभित्र राफसाफ भइसक्नुपर्ने व्यवस्था छ । सोअनुसार कम्पनीले राफसाफ कार्य नगरेकाले निलम्बनका लागि सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रअनुसार कम्पनीलाई कारबाही गरिएको नेप्सेले जनाएकोछ ।

कमेन्ट गर्नुहोस्