
तिलोत्तमा,२०८० फाल्गुण १३ गते। गीर्वाण सस्कृत तथा साधारण मावि तिलोत्तमा ५ को आयोजना रहेको तिलोत्तमा नगरस्तरीय बक्तृत्वकला प्रतियोगिताको उपाधी शान्ति नमुना माविका सर्वदा विश्वकर्माले जित्नुभएको छ ।नैतिक तथा ब्यावाहारिक शिक्षा, आजको आवश्यकता, शीर्षक रहेको बक्तृत्वकला प्रतियोगितामा आयोजक गीर्वाण माविका समीर खनालले द्धिप्तिय स्थान हासिल गर्नुभयो भने जनभावना माविका सविना शाक्य तृतीय र गौतम बुद्ध मावि केवलानीका पुर्णिमा भण्डारीले सान्त्वना स्थान हासिल गर्नुभएको विद्यालयले जनाएको छ ।
विद्यालयको ५८ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारी आयोजित प्रतियोगितामा तिलोत्तमा नगरभित्रका सामुदायिक माध्यामिक विद्यालयका १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।विद्यालयका प्राचार्य केदार चन्द्र पराजुलीको अध्यक्षता एवं सरस्वति संस्कृत विद्यापीठका उप प्राध्यापक ऋषिराम आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई ब्यवहारिक, अनुशासित, नैतिकवान र सज्जन बन्न यस्ता कार्यक्रमले सघाउ पुर्याउने बताएका छन ।
कार्यक्रममा साहित्यकार, प्राध्यापक एवं विद्यालयका सल्लाहकार ऋषिराम भूषाल, निर्णायकतर्फ ऋषिराम आचार्य र रामचन्द्र पोख्ररेल लगायतले मन्तब्य दिनुभएको थियो । वाल क्लवका अध्यक्ष निश्चल भट्टराईको स्वागत र शिक्षक बासुदेव गौतमको संन्चालनमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्