लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई स्पष्टीकरण

IMG

तिलोत्तमा,२०८० फाल्गुण १२ गते।नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।


यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँछ छ ।प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected] मा पठाउन अपिलसमेत गरेको छ। सूचना दिंदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ।पछिल्लो पटक टिकटकले केही प्रतिबद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन ।

कमेन्ट गर्नुहोस्