
तिलोत्तमा,२०८० फाल्गुण १२ गते।तिलोत्तमा रक्तदाता समाजको बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । आइएसएमटी कलेज, लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखी र तिलोत्तमा रक्तदाता समाजको आयोजनामा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।रक्तदान कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराईले रगतको अभावले कसैको पनि ज्यान जाने अवस्था सिर्जना हुन नहुने बताउदै यस्ता सामाजिक कार्यमा सबै एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । भट्टराईले रक्तदान जस्तो मानवीय र पवित्र कार्यलाई निरन्तता दिनुुपर्नेमा जोड दिनुभयो । तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडेले समाजमा क्रियाशील रहेर रक्तदान कार्यक्रम गरिरहदा सबैको साथ सहयोग पाएको बताउँदै आगामी कार्यक्रममा समेत सक्रियताका साथ् रक्तदान गर्न सबैलाई अनुरोध गर्नुभयो।
कलेजका कार्यक्रम संयोजक समेत रहेका बिक्रम गैरेले रक्तदान आफैमा पुन्यको कार्य भएकाले उमेर र तौल पुगेका सबै पुरुष तथा महिलाहरुलाई पनि आफनो स्वास्थय अवस्थालाई हेरेर नियमित रक्तदान गर्न आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिकाको जानकीनगरमा अबस्थित आइएसएमटी कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक बिक्रम गैरेले स्वागत गर्नुभएको थियो भने र कार्यक्रमको संचालन तिलोत्तमा रक्तदाता संघका महासचिव सुसिल गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखीका अध्यक्ष सोनी थापा, अरुण पन्थी लगायतले आफ्ना बिचार राख्नुभएको थियो।
कमेन्ट गर्नुहोस्