
तिलोत्तमा,२०८० फाल्गुण १० गते। नेपाली महिला फुटबल टोलीले आज भएको वेस्ट एसियन फुटबल महासंघ (वाफ) च्याम्पियनसिपमा इराकलाई ० का बिरुद्ध ५ गोलले हराएको छ। पहिलो खेलमा सिरियालाई ४–१ गोलले हराएको नेपाली टोलीले इराकलाई ५ गोलले हराएको हो।वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा स्थानीय समय अनुसार साँझ ५ बजे शुरु भै भर्काहर सम्पन्न भएको हो। समूह बीमा रहेको नेपाली टोलीले पहिलो खेलमा सिरियालाई हराएर तालिकाको शीर्ष स्थानमा रहेको छ।
नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए। इराक भने प्यालेस्टाइनसँग ३–० ले पराजित भएको छ। नेपाल आफ्नो लयलाई कायम राख्दै जित निकाल्न चाहन्छ। नेपालले फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। समूहका दुई शीर्ष टोलीले सेमीफाइनल खेल्नेछन्। समूह एमा जोर्डन, लेबनान, साउदी अरब र गुआम छन्।
कमेन्ट गर्नुहोस्