लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहमा चोरीको बिगबिगी, एकैरातमा चार सहकारीको हार्डडिस्क चोरी

IMG

तिलोत्तमा,२०८० फाल्गुण १० गते।रूपन्देहीको देवदहमा एकैरात चार वटा सहकारीमा चोरी भएको छ । देवदह-६ मा अवस्थित राधाकृष्ण दुग्ध उत्पादक सहकारी, साना किसान कृषि सहकारी, सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।उल्लेखित सहकारीमध्ये राधाकृष्ण दुग्ध उत्पादक सहकारीबाट २४-२५ हजार चोरी भएको र अन्य सहकारीमा ताल्चा फोडिएको पाईएको देवदह प्रहरी चौकीका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए । बुधबार राति ११:३० देखि १२ बजेको बीचमा चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


सानाकिसान कृषि सहकारी संस्थाको गेटको ताल्चा फोडिएको र सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको भएपनि बचतकर्ताको रकम सबै सुरक्षित रहेको अध्यक्ष टिका गौतमले बताएकी छन् ।साना किसान कृषि सहकारीसहित सारथी कृषि सहकारी र शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट सिसिटिभी क्यामराको हार्ड डिस्क चोरी भएको प्रहरीले जनाएको छ ।प्राप्त सिसिटिभी फुटेजमा चार जना युवा चोरी कार्यमा संलग्न भएको देखिएपनि संलग्नहरूको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्