लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कार्यसम्पादनमा सन्धिखर्क देशकै पहिलो

IMG

तिलोत्तमा सिटी,२०८०  फागुन १० गते ।  आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा मुलुकका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ६१.८१ अंक प्रात गरी स्थानीय तहमध्यको सन्धिखर्क पहिलो भएको हो । चितवनको भरतपुर महानगरपालिका ५६.२९ र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक ल्याएर तेस्रो भएका छन् । गाउँपालिकातर्फ मालिका देशकै प्रथम हो ।


सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक ल्याएर चौथो भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.०३ अंक ल्याएर सातौं भएको छ । सन्धिखर्क नगरपालिका कार्यसम्पादनमा मुलुककै उत्कृष्ट भएपछि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी खुसी भएका छन् ।‘सबै जनप्रतिनिधि र कर्मचारीको सुझबुझपूर्ण कार्यसम्पादनसित काम गरेका छौं,’ सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले भने, ‘आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्छौ ।’


प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।

कमेन्ट गर्नुहोस्