लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञानगंगा पाठशालामा कल्चर फेस्टिबल

IMG

पार्वती न्यौपाने,तिलोत्तमा,२०८० फाल्गुण ५ गते।आधुनिकता बढ्दै जादा परम्परागत कला र सस्कृति लोप हुन लागेको ले विधार्थिहरु मा सो भावना जागृत गराउने उदेश्यले  तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशाला ले शुक्रवार कल्चर फेस्टिबल गरेको छ । बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि सुरु गरिएको  बृहत् शैक्षिक महोत्सव अन्तर्गत आज कल्चर फेस्टिबल सम्पन्न गरेको हो । कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि संसद बासुदेव घिमिरे ले  कला सस्कृति को प्रवर्धन र आज का पुस्ता लाइ यसका बारेमा जनकारि दिन बिधालयले गरेको कार्यक्रम उत्कृष्ठ रहेको उल्लेख गर्नु भयो आज कक्षा तिन देखि ७  सम्मका बिधार्थि हरु ले गाएन नृत्य नाटक र दोहोरी समेत प्रस्तुत गरेका हुन ।


विद्यालयले सम्पुर्ण विद्यार्थी हरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव  मनाउन लागेको प्राचार्य चन्द्र अधिकारीले जानकारी गराउनु भयो।  कार्यक्रम हरुमा अभिभावक हरुको समेत उल्लेख्य सहभागिता रहने प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताउनु भयो। यस्तै शनिवार जिल्लास्तरीय अन्तर मा वि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता   रहेको र रुपन्देहि भर का १६ विधालय को सहभागिता रहने छ । ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सव को समापन समारोह  रहेको समेत विद्यालयले जानकारी गराएको छ ।



कमेन्ट गर्नुहोस्