अफ्रिकन स्वाइन फिवर बिषाणुले लगाउने गर्दछ । किर्नाले रोग सार्न मद्धत गर्दछ भने मानिसमा र अरु जनावरमा यस रोगको जोखिम हुदैन । तर मानिसले पनि जैविक सुरक्षा अवलम्बन नगरे वा ध्यान नदिएमा रोग सार्ने माध्यमको रुपमा काम गर्न सक्दछ । विगतका बर्ष भैm यस बर्ष पनि नेपालको विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ । अति नै खतरनाक विषाणु भएकाले संक्रमित बंगुरको बाच्ने सम्भावना शून्य नै रहन्छ । बिश्व परिभेषमा हेर्ने हो भने यो रोग पहिलो पटक १९ औ शताब्दीको सुरुवातीमा अफ्रिकामा देखिएको थियो भने नेपालमा पनि २०७९ सालको जेठको पहिलो हप्तामा अफ्रिकन स्वाइन फिवरको पुष्टि भएको छ ।
लक्षणहरु
- ज्वरो ४० देखि ४२ डि.से (१०४ देखि १०७.६ डि.फरेनहाइट)
- खान मन नगर्ने
- झोक्राउने, कमजोर हुने
- उठ्न नसक्ने
- उठ्न सकेता पनि थिरिएर बस्न नसक्ने
- छाद्ने र रगत मिसिएको छेर्ने
- नाक, कान, पुच्छर र खुट्टाको तल्लो भागमा र पेटको भागमा निलो देखिने
- अस्वभाविक श्वास प्रस्वास
- थुप्रिएर बस्ने
- नाक र आँखाबाट सिगान र चिप्रा निस्कने र सिगानमा रगत मिसिएकको देखिने
- आँखा रातो हुने
- रोगको लक्षण देखा परेको केहि दिनमा नै मर्ने
- गर्भिणीहरु तुहिने, पूरा विकाश नभएका बच्चा जन्माउने
रोग सार्ने माध्यमहरु
- संक्रमित दाना र पानी, कच्चा खाद्य पदार्थ
- संक्रमित जंगली बदेल
- किर्ना, उपिया र झिगाको टोकाइबाट
- संक्रमित बंगुर, संक्रमित खारमा काम गरेका मानिसहरुको कपडा, बुट, संक्रमित सिरिन्ज आदि
- संक्रमित बंगुरको शरिरबाट निस्केको दिसा, पिसाब, सिगान, चिप्रा, ¥याल, वान्ता, वीर्य आदि
उपचार
- प्रभावकारी उपचार नभएता पनि लक्षण अनुसार उपचार गर्नुपर्छ ।
- ज्वरो घटाउने औषधि, एण्टीवायोटिक र रोग प्रतिरोधात्मक बढाउने खालको औषधि प्रयोग गर्न सकिएता पनि संक्रमित बंगुरको मृत्युदर लगभग १०० प्रतिशत नै भएको पाइन्छ ।
रोकथाम
- वेस्टेज खाना नखुवाउने
- रोगको नकारात्मक असर बारे जनचेतना
- कडा जैविक सुरक्षाको अपनाउने
- खरिद गरि लेरा्एका बंगरलाई क्वारेन्टाइनमा राख्ने
- अनावश्यक व्यक्तिलाई फर्ममा प्रवेश नगराउने
- संक्रमण भएका बंगुरलाई छुट्याउने र अलग्गै राख्ने
- फर्म वरिपरि निसंक्रमण गर्ने रसायन जस्तै Trykon र Virufix-s ले स्प्रे गर्ने
कमेन्ट गर्नुहोस्