लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाङमा प्रहरीमाथि गोली, गोली हान्ने प्रकाउ

IMG

तिलोत्तमा,२०८० फाल्गुण ३ गते।प्रहरी सहायक हवलदारले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् ।दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।


कमेन्ट गर्नुहोस्