लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गीर्वाण माबिमा खेल सप्ताह शुरु,१५ खेलको २१४ मेडलमा बिद्यार्थीको प्रतिस्प्रर्धा

IMG

प्रकाश पाण्डे,तिलोत्तमा,२०८० फाल्गुण ३ गते। रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक बिद्यालयको खेल सप्ताह बिहिबारबाट शुरु भएको छ । बिद्यालयको ५८ औ बार्सिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित साताब्यापी खेलकुद कार्यक्रम फाल्गुन ८ गतेसम्म संचालन हुने बिद्यालयका प्राचार्य केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । खेल सप्ताहको तिलोत्तमा नगरपालिका वडा न ५ का अध्यक्ष रमेश डुम्रेले छेलो फालेर उद्घघाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष डुम्रेले खेललाई शिक्षा र सिकाईको माध्यम बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिए ।


उनले गीर्वाण माविले शैक्षिक उन्नयनका खातिर गरिरहेको प्रयास उदाहरणिय रहेको बताउदै बिहिबारबाट आयोजित साताव्यापी खेलकुदले बिद्यार्थिहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । प्रतियोगिता उद्घघाटन पुर्व बिद्यार्थीहरुले मार्चपास लगायतका कार्यक्रम मार्फत आफ्नो कला कौशलता देखाएका थिए ।  सप्ताहब्यापी खेलकुदको पहिलो खेल छात्र सिनियर तर्फ शटपुट खेलाइएका थियो भने आजैै बिद्यार्थी जुनियरतर्फ चम्चा दौड, ट्रयाङ्गल दौड, कक फाइट, रिले, १०० देखि ४०० मिटर दौड लगायतका विभिन्न खेल सम्पन्न भएका छन ।


साताव्यापी खेल कार्यक्रममा बौद्धिकतासँगै विभिन्न १५ वटा खेल कार्यक्रममा बिद्यार्थीहरुले २१४ मेडलका लागि प्रतिस्प्रर्धा गर्ने अतिरिक्त क्रियाकलाप प्रमुख एवं खेल संयोजक शिक्षक छन्त बहादुर पाण्डेले जानकारी जानकारी दिए ।  खेल कार्यक्रम शुक्रवार पनि जारी रहने पाण्डेको भनाई छ । खेल संयोजक एवं पुर्व प्रअ छन्त बहादुर पाण्डेको अध्यक्षता तथा तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्य रहेको उद्घघाटन समारोहमा अतिथिहरु वडा सदस्य हरि पन्त, बिद्यालय व्यवस्थापन समिति सदस्य बोधराज पन्थ, बुद्धिमाया खरेल, माया भण्डारी, कल्याण धिताल, प्रअ केदार चन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो । शिक्षक कृष्ण पोखरेलको संचालन रहेको साताब्यापी खेलकुद कार्यक्रम गीर्वाण  माविको आफ्नै प्रांगण एवं चपरहट्टीस्थित खेल मैदानमा सचालन गरिदैछ । 




कमेन्ट गर्नुहोस्