लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना मावि तिलोत्तमा–८ दीपनगरको ३३ औं बार्षिकोत्सव सम्पन्न

IMG

तिलोत्तमा, फागुन २ गते । रुपन्देही क्षेत्र न १ का र्सघीय सांसद एवं नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले शिक्षालाई सिपसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ । उहाले शिक्षाको विकासले मात्र समाज परिवर्तन गर्न सकिने भएकोले विद्यालयलाई सही र सार्थक योजना बनाएर अघि बढन आग्रह गर्नुभयो । जनभावना माध्यमिक विद्यालय तिलोत्तमा–८, दीपनगरको ३३ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले जनभावना माविलाई थप ब्यवस्थित र नमुना विद्यालय बनाउन सवैले आ आफनो ठाउँबाट अगाडी बढनुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरदेवी चौधरीले विद्यालयले गरेको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्राप्तिका लागी व्यवसायिक शिक्षालाई अंगाल्नुपर्नेमा उपमेयर चौधरीको जोड थियो । जनभावना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शंम्भु प्रसाद पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागि तीनै तहका सरकारलाई सहयोगको दायरा बढाउन आग्रह  गर्नुभयो ।


सो अवसरमा तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिठी सदस्य लक्ष्मण खनाल, नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैह्रे, नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डे, सहायक प्रअ जीवन अर्याल, विद्यालयका पुर्व अध्यक्ष कृष्ण बहादुर विश्वकर्मा, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य राधा शाही, भुमा देवी घिमिरे, गिरिराज भटटराई, राम प्रसाद अर्याल, सिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकाशमा लागिपर्ने शिक्षक कर्मचारी, विद्यार्थी, समाजसेवी, अभिभावक अक्षयकोषदाता प्रदीप पाण्डे र रेनुका श्रेष्ठ लगायत विभिन्न ब्यक्ति विशेषलाई सम्मान गरिएको थियो । विद्यालयका शिक्षक लक्ष्मी गौतमको स्वागत र शिक्षक शालिकराम भूषालको सन्चालन रहेको कार्यक्रममा शिक्षिका रेनुका श्रेष्ठ, आकृति पन्त र लक्ष्मी गौतमको स्वागत गीतबाट कार्यक्रमको शुरुवात भएको थियो ।

कमेन्ट गर्नुहोस्