लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मौलापुरमा निःशुल्क बिजुली पानी कार्यक्रमले ठूलो राहत

tillotmacitynews - 2024 Feb 13 06:38 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १ गते । रौतहटको मौलापुर नगरपालिकामा  “फ्री बिजुली र फ्री पानी” कार्यक्रम जनता माझ लोकप्रिय बनेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिका द्वारा मंगलबार विद्युत् महसुलबापत लाखौं बराबरको चेक हस्तन्तरण गरिएको छ।सम्पूर्ण  नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको महशुल बापतको ३१ लाख रुपैयाँको चेक मेयर रिना कुमारी साहले नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखालाई हस्तान्तण गरेकी हुन्।  यस आर्थिक बर्षमा खर्च भएको बिद्युतको हालसम्मको महशुल मध्ये बक्यौता रकम ३१  लाख रुपैयाँको चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रसासकिय अधिकृत रामबाबू साहले बताएका छन्।


मौलापुर नगरपालिकाको मेयर पदमा दोस्रो पटक निर्वाचित रिना कुमारी साहको सक्रियतामा सञ्चालित उक्त कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको स्थानीयहरूले बताएका छन।मेयर साहकै सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ। त्यसैगरी समय समयमा किसानलाई बिभिन्न बालीको उन्नत बीउ समेत नगरपालिकाले निःशुल्क वितरण गर्दै आएको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी धर्मपत्नी रिना कुमारी साह मौलापुरमा दोस्रो पटक मेयर बनेकी हुन। पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र दोस्रो पटक गत निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयर पदमा विजयी भएकी थिइन्।  

कमेन्ट गर्नुहोस्