लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

IMG

तिलोत्तमा सिटी,२०८० माघ २८ गते।  रुपन्देहीको तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गर्नुभयो। माघ २८ देखि फल्गुन १ गते सम्म हुने खेल सप्ताहमा विद्यालयमा अध्यनरत १०५० विद्यार्थीको पुर्ण सहभगिता रहने अतिरिक्त क्रियाकलाप संयोजक राजेश रोकाले बताउनु भयो। विद्यालयले सम्पुर्ण विद्यार्थी हरुको पुर्ण सहभगिता रहने गरि फाल्गुन ७ गते सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि बृहत् शैक्षिक महोत्सव  आयोजना गरिएको प्राचार्य चन्द्र अधिकारीले जानकारी गराउनु भयो। 


विद्यार्थीहरु लाई पुर्ण सहभागी हुने र आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्सहित गराउदै महोत्सव अन्तर्गतका विभिन्न कार्यक्रम हरुमा अभिभावक हरुको समेत उल्लेख्य सहभागिता रहने प्राचार्य अधिकारीले बताउनु भयो।सो अवसरमा विद्यालयका  प्रवन्ध निर्देशक युवराज न्यौपाने, शिक्षक कुलचन्द्र पुरी लगायतले मन्तव्य राख्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद पनि महत्वपूर्ण पाटो भएकाले विद्यालयले हरेक वर्ष खेल सप्ताहलाई निरन्तरता दिएको बताउनु भयो।खेल सप्ताह फागुन १ गतेसम्म चल्ने छ भने फागुन २ गते सरस्वती पुजा संगै अक्षरारम्भ अभिभवक म्यारथन दौड प्रतियोगिता ३ गते किड्स फेसिटबल,४ गते कल्चरल फेस्टिबल,५ गते जिल्लास्तरीय अन्तर मा वि अन्डर १६ ब्याडमिन्टन प्रतियोगिता  र ७ गते खाना महोत्सव,विज्ञान प्रदर्शनी,चित्रकला प्रदर्शनी र पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् शैक्षिक महोत्सव समापन समारोह समारोह मनाइने कार्यक्रम रहेको समेत विद्यालयले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्