लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इटहरीका सबै विद्यालयमा एउटै पोशाक

IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट निजी तथा सरकारी विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले नयाँ शैक्षिक सत्रका लागि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५ सय २६ विद्यार्थी छन् । इटहरी भित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने निर्णय गरेको इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।


यसअघि निजी विद्यालयले आफू अनुकूलको ड्रेस लागू गरेका थिए । उपमहानगरपालिकाले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउनु पर्ने पनि निर्णय गरेको छ । ‘विद्यार्थीको पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उनले भने,‘ निजी स्कुलले स्कुलबाटै बिक्री गर्ने ड्रेसलाई रोक्ने पनि अभियान हो । नगरले उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको उनले बताए ।


विद्यालयमा भर्ना शुल्क वापत एक पटक लिएपछि हरेक वर्ष शुल्क लिन नपाइने निर्णय पनि गरेको छ । उपमहानगरपालिकाले विद्यालयलाई किताब बेच्न पनि राेक लगाएकाे छ ।

कमेन्ट गर्नुहोस्