लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सम्पत्ति शुद्धीकरण विधेयक पारित

IMG

तिलोत्तमा, माघ २४ गते २०८०।प्रतिनिधि सभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको छ ।यस्तै बैठकले संविधान सभाका सदस्यसमेत रहनुभएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि तोकिएको छ । ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहनेछ ।


आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराका छन् । यस्तै आज दलगत रूपमा शीर्ष नेताहरूले मन्तव्य राखेका छन् ।यसैबीच आज बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले पूर्वमन्त्री तथा संविधान सभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक आउँदो २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

कमेन्ट गर्नुहोस्