
तिलोत्तमा, माघ २४ गते २०८०। रुपन्देहीको तिलोत्तमा-२ मा अवस्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले 'सहकारी शिक्षा' तालिम संचालन गरेको छ। बुधबार एक औपचारिक कार्यक्रमबीच सहकारीले आफ्ना शेयर सदस्यलाई तालिम प्रदान गरेको हो।"सहकारीको १२ औं स्थापना दिवसको अवसरमा संस्थाका समिति, उपसमिती तथा शेयर सदस्यका लागि १ दिने सहकारी शिक्षा तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष कमल अर्यालले जानकारी दिए। सहकारीको बर्तमान अवस्था, सदस्यहरुको नेतृत्व बिकास तथा आधारभूत सहकारी शिक्षा सहितको सहजीकरणमा सम्पन्न हुन गैरहेको तालिममा सहकारी उद्धमशिलता बिज्ञ तथा राष्ट्रिय प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए।
तिलोत्तमा नगरपालिकाआर्थिक बिकास शाखा प्रमुख अधिकृत कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिम कार्यक्रममा सहकारीका सल्लाहकारहरु कर्ण बहादुर टन्डन,भुवन बहादुर थापा,गोपाल कार्की, कालिका अधिकारी,खिमानन्द भट्टराई लगायतको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीको सिद्दान्त अनुसार समाजको ग्रामिण तहमा जनताको समृद्धिका लागी डटेर काम गर्नु पर्ने बताएका थिए। उनले सहकारीले जनजनमा बिकासको खुड्किलो बनाएर उत्पादन र बजारीकरणका लागि समेत सक्रिय भएर काम गर्नुपर्ने बताए। त्यस्तै सल्लाहकार खिमानन्द भट्टराईले सहकारीले चालेको सकारात्मक कदमलाई जनताले स्वीकारेको हुँदा सदस्यको हितमा काम गर्नु पर्ने बताए। ६५ जना सहभागी रहेको तालिममा शिक्षा समिति सदस्य राधिका बस्यालको स्वागत रहेको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव प्रकाश चापागाईंले गरेका थिए।
कमेन्ट गर्नुहोस्