लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीकी २८ वर्षिया सालिया खातुन एक सातादेखि सम्पर्कबिहीन

IMG

तिलोत्तमा, माघ २३ गते २०८०। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कबिहीन भएकी छन् । २८ वर्षिया सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए ।सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् ।


माइती पुगेको केही समयपछि आफूसँग रहेको झोला छोडेर उनी सम्पर्कबिहीन भएकी हुन् ।’ सालिया कुर्ता सलवार लगाएर घरबाट निस्किएको उनले जानकारी दिए । उनको खोजीका लागि परिवारले अपील गरेका छन् ।सालियालाई भेटाउनुहुने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१३५४५५० मा सम्पर्क गर्न सलमानले आग्रह गरे ।  यो दम्पत्तिले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) नजिकै बिरयानी पसल सञ्चालन गर्दै आएका थिए ।


कमेन्ट गर्नुहोस्