लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीको मालिकालाई ललितपुरले दियो ३५ लाख

tillotmacitynews - 2024 Feb 02 10:55 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १९ गते । मालिका गाउँपालिकासँग मितेरी सम्बन्ध कायम गरेको ललितपुर महानगरपालिकाले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेकाे छ। गाउँपालिका भित्रका साँस्कृतिक सम्पदाको संरक्षणका लागि ललितपुर महानगरले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।


मालिका र ललितपुर मितेरी पालिका हुन् । उनीहरुबीच गत असार २१ गते मितेरी सम्बन्ध स्थापित भएको थियो । मितेरी पालिकाले दिएको सहयोग मालिका गाउँपालिकाको पहिचान गराउने धार्मिक तथा पर्यटकीय क्षेत्र मालिका मन्दिर निर्माण गर्ने योजना रहेको पालिका अध्यक्ष देवीराम अर्यालले बताए । मितेरी सम्बन्ध स्थापना भएपछि ललितपुरले मालिकाको रैथाने कृषि उपजको बजारीकरणमा समेत सहयोग गर्दै आएको अध्यक्ष अर्यालले बताए ।


प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसीको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा ललितपुर महानगर प्रमुख महर्जनले आगामी दिनमा पनि मितेरी पालिकासँग सहयोग आदानप्रदान हुने बताए ।


कमेन्ट गर्नुहोस्