लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु ईन्भाइरन्मेन्टको ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस

IMG

तिलोत्तमा, माघ १९ गते २०८०। तिलोत्तमा – ५ मणिग्राममा रहेको न्यु ईन्भाइरन्मेन्ट अङ्ग्रेजी माध्यमिक विद्यालयले ३० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । उद्घाटन समारोहमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।साँस्कृतिक कार्यक्रममा शुक्रबार कक्षा नर्सरी देखि  १२ सम्मका विद्यार्थी बालबालिकाले सहभागिता जनाएका थिए ।


विद्यालयले सांस्कृतिक कार्यक्रम सँगसँगै बृहत रक्तदान, पुस्तक प्रदर्शनी, खाना महोत्सव चित्रकला प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरेको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।उहाले अभिभावकलाई पनि आफ्ना बालबालिकालाई सानैदेखि व्यवहारीक सीप र संस्कार सिकाउनुपर्ने सुझाव समेत दिनुभयो ।सो साँस्कृतिक कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष तुलसीराम न्यौपानेले शिक्षालाई शीप, संस्कार प्रविधिसँग जोड्नुपने बताउदै यसप्रकारको शिक्षा आफुहरुले दिएको बताउनुभयो ।


विद्यालयले आयोजना गर्ने यस्ता विविध क्रियाकलापले स–साना विद्यार्थी बालबालिकाहरूले पनि आफ्नो देशको मौलिक सँस्कृति तथा व्यवहारीक सीपलाई नजिकै सँग पहिचान गर्न सक्ने उहाँको भनाइ छ । कार्यक्रममा बालबालिकाहरूले विभिन्न जातिका सँस्कृति झल्कने पोशाक लगाएर नृत्य, गायन, कविता लगायतका विभिन्न विधाहरूमा प्रस्तुति देखाएका थिए ।

कमेन्ट गर्नुहोस्