लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीको रेसुङ्गामा बाँदर र बँदेलका कारण जंगल फडानी

IMG

तिलोत्तमा, माघ १६ गते २०८०।  जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ ।बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ ।तम्घासको उदिनढुंगास्थित आदर्श कोडिङ स्कुलदेखि तीनधारा हुँदै वडा नम्बर २ को सिमानासम्म्को रुख काटिएको हो । गाउँमा मान्छेको बसोबास घट्दै गएपछि झाडी बढेको, बाँदर र जंगली जनाबरबाट बाली जोगाउन समस्या परेको गुनासो बढेपछि कुकाठ र झाडी फडानी गरेको वडाध्यक्ष रामप्रसाद पन्थीले बताए ।


बाँदरले बारीको खेती मात्र नभई घरमा आएर पकाएको खानासमेत खाइदिएको गुनासो आएको उनको भनाइ छ । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो ।गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार रुपैयाँ भुक्तानी दिएको थियो । त्यसबाट राम्रो प्रतिफल नआएको वडाअध्यक्ष पन्थीले बताए ।वडाभित्र रहेका कुकाठ काट्ने र झाडी फाँड्ने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ । यो कामका लागि ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्