लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

tillotmacitynews - 2024 Jan 29 11:34 AM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १५ गते ।  रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए । तर, उपाधिमा फारुकीले बाजी मारे । फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।


कार्यक्रम सञ्चालक सलमान खानले फारुकीको हात उठाउँदै उनको नाम लिए । त्यो क्षण निकै रोमाञ्चक देखिएको थियो । फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे । मुनव्वरले बिग बोसको घर भित्र उत्कृष्ट शैलीमा आफ्नो मन, मस्तिष्क तथा सामर्थ्य लगाएका थिए । उनको प्रारम्भिक यात्रा नै निकै शानदार रहेको थियो ।


यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । फारुकीले यसअघि लकअप रियालिटी शोका उपाधि समेत जितेका थिए ।

कमेन्ट गर्नुहोस्