
तिलोत्तमा सिटी, २०८० माघ १४ गते । नेपाली कांग्रेसले नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सो मनोनयन गरेका हुन् । शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विभिन्न जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई मनोनयन गरिएको पौडेलले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्