लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल पावरले फेरि एफपीओ जारी गर्ने

IMG

तिलोत्तमा सिटी, २०८० माघ २ गते । बुटवल पावर कम्पनीले फेरि एफपीओ जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले १ करोड कित्ता सेयर पुनः निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्य थप गर्दै थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनाका लागि हालको जारी पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० लाई बढाएर ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्‍याउने प्रस्ताव साधारणसभाले पारित गरेको हो । प्रिमियम मूल्य भने पछि सञ्चालक समितिले निर्णय गर्नेछ । 


बुटवल पावरले यसअघि पनि महँगो मूल्यमा एफपीओ जारी गरेको थियो । १५ माघ २०७४ मा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ छ ।

कमेन्ट गर्नुहोस्