लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरुसिङ्गे–सन्धिखर्क सडक कालोपत्र गरिँदै

tillotmacitynews - 2024 Jan 12 06:10 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २७ गते । पूर्वपश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको छ । साँघुरो सडक, खाल्टाखुल्टी तथा पुरानो कालोपत्र भएकाले जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्नेगरी काम अघि बढेको हो । 


गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर रहेको छ । गोरुसिङ्गेबाट पिरापानीसम्म झण्डै १५ किमी सडक विस्तार तथा मर्मतको काम सम्पन्न भइसकेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकी रहेको सडकमा पाँच निर्माण कम्पनीले काम गरिरहेका छन् ।


यस आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १८ किमी सडकमा नयाँ कालोपत्र गरिने भएको इन्जिनियर पाण्डेले बताए । सडक निर्माण तथा विस्तारको काम समयमै सम्पन्न गर्नका लागि सडकलाई खण्ड–खण्ड गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएको उनको भनाइ थियो । यस आवमा रू ३३ करोड लागतमा सडक निर्माण तथा मर्मत भइरहेको शिवपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्