लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए

tillotmacitynews - 2023 Dec 31 05:47 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १५ गते ।  सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार, इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । शनिबारबाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले बिहीबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको बताए ।


त्यसअनुसार प्रहरी प्रधान कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीका अपरेशन कमाण्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्