
तिलोत्तमा,पुष ९ गते।बुटवलमा जारी लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकहरुको सहभागिता उत्साहजनक देखिएको छ । मेला आयोजक रुपन्देही व्यापार संघका अनुसार पुस ५ गतेदेखि सञ्चालित मेलामा दर्शक सहभागिता उल्लेख्य देखिएको हो । ५ दिनमा करिव १ लाख २० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनु भयो । “सोमबार योमरी पुन्ही र क्र्समस डे बिदाको दिन मात्रै करिव ६० हजार दर्शक भित्रिएका थिए”–उहाले भन्नू भयो “हालसम्म मेला अवलोकन गर्नेको संख्या १ लाख २० हजार नाघेको छ ।
विशेषगरी मेलाको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । मेलामा कलाकारहरुको प्रस्तुती हेर्न दर्शकहरु झुम्मिने गरेका छन् ।मेलामा सांस्कृतिक कार्यक्रमतर्फ आइतबार लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका श्रृजना खत्री, लोकदोहोरी गायक दीपु मगर, विष्णु सिंजाली मगर र गायिका संगिता चितौरेले आ–आफ्नो प्रस्तुती देखाएका थिए भने सोमबार खेम सेन्चुरी र मंजु पौडेल को बिसेष प्रस्तुति रहने भएको छ।
त्यस्तै राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा र राष्ट्रिय लोक भजन दाङबिच प्रतिष्पर्धा भएको छ । जसमा पाल्पा विजयी भएको सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सुरु भएको मेलाले यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् ।लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन, उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न मेलाले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन्।
मेला मूल आयोजक समितिका सदस्य सचिव संघका महासचिव दयानिधी भण्डारीले मेलाबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । प्रचारप्रसार समितिका संयोजक फर्सुराम पन्तले मेलाका अवसरमा विभिन्न क्षेत्रलाई समेटेर गोष्ठीको समेत आयोजना गरिएको बताउनुभयो।मेलाको १० लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बढीको कारोबार आयोजकको अपेक्षा छ ।
कमेन्ट गर्नुहोस्