लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा काँग्रेस र माओवादीबाट दुई मन्त्री थपिए, आज शपथ

IMG

तिलोत्तमा,पुष ८ गते। लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्। केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आइतबारका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट चिनिन्छन्।उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येको दुई मन्त्रालय दिइने भएको हो। लुम्बिनीका मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका छन्।

कमेन्ट गर्नुहोस्