लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पाण्डे

IMG

तिलोत्तमा,पुष ८ गते। मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका छन् ।


निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएका छन् ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराएका थिए ।नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।


उनले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन् ।


कमेन्ट गर्नुहोस्