लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल पश्चिमको सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान

tillotmacitynews - 2023 Dec 21 04:35 PM
IMG

तिलोत्तमा सिटी, पुष ५ २०८० ।  बुटवल पश्चिमको राजमार्ग  स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ । निर्माण भएको ६ दशकपछि सडक  स्तरोन्नतिका लागि बिहीबार बोलपत्र आह्वान गरिएको हो । बुटवल–गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको छ । २०१८ सालमा निर्माणको शुभारम्भ गरेको बुटवल–चन्द्रौटा सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । 


विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि सडक स्तरोन्नतिको काम अगाडि बढाइएको छ । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक परियोजनाका प्रमुख इन्जिनियर होमबहादुर एसीले सडक  स्तरोन्नतिका लागि रुख कटान, विद्युतको पोल सार्न सम्बन्धित कार्यालयहरूसँग समन्वय भइरहेको बताए । 


हाल दुई लेनमा रहेको सडक स्तरोन्नति गरेर ४ लेनको बनाइने छ । सडक विस्तारमा लगभग ३० वटा साना-ठूला पुलहरु पनि निर्माण हुने छन्। यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु  पनि निर्माण हुनेछन् । ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्