लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित

tillotmacitynews - 2023 Dec 17 11:01 AM
IMG

तिलोत्तमा सिटी,१ पुष  २०८० । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए । सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ छ । एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् । त्यहाँका २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् । अर्को एक गाउँपालिकामा ४६ जना सङ्क्रमित रहेकोमा १९ जनाले मात्रै जिल्लाबाट एआरटी सेवा लिएका छन् भने ४१ जना संक्रमित रहेको अर्को पालिकाका २७ जनाले उक्त सेवा लिएका छन् । यस्तै ३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिएका छन् ।


जिल्लाको सबैभन्दा कम संक्रमित रहेको पालिकामा पाँच जना संक्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् । यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको घिमिरेले जानकारी बताए ।

कमेन्ट गर्नुहोस्