लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल जेसिजकाे ५० ओैं राष्ट्रिय महाधिवेशनकाे दाेस्राे दिन थिम सेमिनार सम्पन्न

IMG

तिलोत्तमा मङ्सिर ३० गते। बुटवलमा जारी नेपाल जेसिजकाे ५० ओैं राष्ट्रिय महाधिवेशनकाे दाेस्राे दिन थिम सेमिनार सम्पन्न भएको छ । सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश भन्ने मुल नाराका साथ मंसिर २९ देखि महाधिवेशन शुरू भएको हाे । दाेस्राे दिनकाे थिम सेमिनारमा बाेल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुककाे परिवारबिहिन ,सन्तान बिहिन हुने अवस्थातिर गएकाे भन्दै चिन्ता ब्यक्त गर्नुभएकाे छ। नेपाल छाड्ने युवापुस्ता दैनिक बढ्दै गईरहेकाे र राेजगारी सिर्जना गर्ने र युवालाई स्वदेशमै राेक्न सरकारले भूमिका नखेलेकाे उहाकाे आराेप छ । भण्डारीले नेपालकाे मुख्य राेग नै भ्रष्टाचार र गरिबी रहेकाे उल्लेख गर्नुभयो । भ्रष्टाचारीलाइ कानुनी कारबाहीकाे दायरामा ल्याउनुपर्ने र उनीहरूका सातपुस्तासम्म पनि समाजले नछाड्ने दाबि गर्नुभयाे ।


युवापुस्तामा हरेक कुराकाे भिजन र सपना हुनुपर्ने र बिचार नहुने युवा नै नहुने दाबि गर्नुभयाे ।भण्डारीले अब मुलुककाे याेगदानका लागि जलन अस्पताल बनाउन जेसिजलाइ आग्रह गर्नुभयाे । साे अवसरमा नेकपा एमालेका युवा नेता ठाकुर गैरेले यथास्थिति ताेड्दै आलोचनात्मक चेत राख्न सक्ने ब्याक्ति नै युवा हुने उल्लेख गर्नुभयाे । समाज रूपान्तरण गर्न सक्ने युवा अहिलेकाे आवश्यकता रहेकाे बताउदै कृषि,पर्यटन,शिक्षामा फड्को मार्नुपर्ने बताउनुभयो । अहिले युवाहरूलाइ देश छाड्ने राेग लागेकाे भन्दै बिदेशी माेह त्याग्न आग्रह गर्नुभयाे। देशभक्तिकाे भावना कमजाेर भएको उहाँको दाबी छ । देशमा सुशासनको सुनिश्चितताका लागि मूल बिषय बनाउन जेसिजलाई उहाँको आग्रह छ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले सहकार्य बिना कुनैपनि सफलता नमिल्ने बताउनुभयाे । जनप्रतिनिधि र जनता बिचकाे दुरी घटाउनुपर्ने र मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयाे ।सांसद श्रेष्ठले सुचनाकाे बाढीका बेला सहि सुचना लिनुपर्ने बताउनुभयो ।पूर्व मुख्य सचिव लिलामणी पाैडेलले परिवार नै सबैभन्दा ठुलाे विश्वविद्यालय रहेकाे बताउनुभयो । सहनशीलता आफ्नै आमाबाट सिकेकाे स्मरण गर्दै पाैडेलले बांडेर खाएकाेले सुगन्ध छर्ने र एक्लै खाने दुर्गन्धित हुने उहाकाे तर्क छ । मानव बिकासकाे आधारभूत आवश्यकता शिक्षा र परिवाररहेकाे उहाँको भनाइ थियाे । सन्ततीलाई सहि शिक्षा र संस्कार दिनुपर्ने पाैडेलकाे भनाइ छ ।


नेपाली,सेनाका पूर्व उपरथी प्रेम शाहीले हरेक कुरामा सफलताका लागि नैतिक प्रतिबद्धता चाहिने बताउनुभयो । उहाले देश मेराे हाे भन्ने भावना नहुदासम्म देश बिकास नहुने उल्लेख गर्नुभयो । शाहीले युवामा स्पष्ट साेच,याेजना र भिजन हुनुपर्ने धारणा राख्नुभयाे । अध्यक्ष बिकास मानन्धरकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन मदन श्रेष्ठले गर्नुभएको थियाे ।यसैगरी महाधिवेशनमा आज नै बिजनेट टक कार्यक्रम सम्पन्न भएकाे छ ।मुक्तिनाथ बिकास बैकका अध्यक्ष भरत ढकाल,खल्ती एपका डाईरेक्टर अमित अग्रवाल,उद्याेग बाणिज्य संघ माेरङका पुर्व अध्यक्ष सुयाेस प्याकुरेल ,स्वतन्त्र उर्जा उत्पादक संघमा अध्यक्ष एवं मरिससका महाबाणिज्यदुत गणेश कार्की लगायतले बाेल्नुभएकाे थियाे । साे कार्यक्रम बुटवल जेसिजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीले संचालन गर्नुभएको थियाे । यस्तै ककस पनि शुरू भएको महाधिवेशन डाईरेक्टर जगतबहादुर पाेखरेलले बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठलाई सम्मान गरिएको महासचिव चन्द्रकान्त डुम्रेले बताउनुभयो ।आजै निर्वाचन समितिले उम्मेदवारकाे नामावली प्रकाशन गरेको छ ।आईतबार मतदान गर्ने तयारी छ ।

कमेन्ट गर्नुहोस्