लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अहिलेसम्म ६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश

tillotmacitynews - 2023 Dec 11 01:31 PM
IMG

तिलोत्तमा सिटी, २५ मंसिर २०८० । हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । चिलिमेले १० प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २० गतेका लागि साधारणसभा बोलाएको छ भने पुस ८ गते बुक क्लोजको मिति तय गरेको छ ।


भगवती हाइड्रोले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २४ गतेका लागि साधारणसभा आह्वान गर्दै पुस ५ गते बुक क्लोजको मिति तय गरेको छ । सेन्चुरी इनर्जीले १० प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीले अझै साधारणसभा आह्वान गरेको छैन । नेपाल हाइड्रोले ७ प्रतिशत सेयर बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद, माण्डु हाइड्रोले १० प्रतिशत नगद र सानिमा माईले १० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.५२ लाभांश घोषणा गरेका छन् । यी तीन कम्पनीको बुक क्लोज भइसकेको छ ।

कमेन्ट गर्नुहोस्