
तिलोत्तमा सिटी,१६ मंसिर २०८०।नेपाल क्रिकेट संघ क्यानका सचिव एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्टिय क्रिकेट मैदानको अवलोकन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर १७ दरखसवामा अष्ट्रेलिया बस्ने युवा व्यवसायी विनोद कुँवर र सुदीक्षा गौतमले बनाईरहेको मैदानमै पुगेर क्यान सचिव खड्काले अवलोकन गरेका हुन् । निर्माणाधीन मैदान अवलोकन गरेपछि क्यान सचिव खड्काले कामको प्रगतिबाट आफू उत्साहित भएको छ ।‘जसरी छोटो समयमा यो ग्राउण्ड सेपमा आएको छ, त्यसले धेरै उत्साहित बनाएको छ । भेरी भेरी एक्साइटेड । सबैभन्दा पहिले विनोद कुँवरजीलाई क्रिकेट परिवारका तर्फबाट धन्यवाद भन्न चाहान्छु । यहाँ आएर हेर्दा ग्राउण्डको धेरै काम एक दम छोटो समयमा कप्लिट गरिसक्नुभएको छ ।’ पारसले भने, अहिलेको लागि हामीले ध्यान दिनुपर्ने कुरा के हो भने व्यक्तिग लगानीमा यति ठूलो संरचना हामी बनाउँदैछौ यसले क्रिकेटमा लाग्न खोज्ने गर्न खोज्ने सबैलाई यो उदाहरण हो ।’
उनले क्यानको तर्फबाट हुने सहयोग गर्ने पनि बताए । ’पारसले अगाडि भने ‘हामीलाई खेल्ने योग्य ग्राउण्डको एकदमै आवश्यकता छ । भएको एक दुईवटा ग्राउण्ड पनि अपग्रेड गरेर इन्टरनेशनल स्ट्यान्डर्डको बनाउनुपर्नेछ । यो बनोस क्रिकेटिङ गतिविधि धेरै नै गर्नुपर्नेछ ।त्यसमाथि जुन कल्चर भैरहवा वा यो क्षेत्रले बोकेको छ धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडि उत्पादन गरेको ठाउँ हो । यो ठाउँका लागि पनि उदाहरणका रुपमा यो आएको छ , हाम्रो तर्फबाट सहयोग हुनेनै छ । विनोदजी शक्ति गौचन दाइलगायत टिमलाई मेरो विशेष शुभेच्छा छ। 'पारसले चासो लिएर मैदान हेर्न आएकोमा विनोद कुँवर पनि खुशी छन् । ‘मैदान देखाउन पाउँदा एकदमै खुशी लागेको छ ।
मैदान टेक्दा वित्तिकै उहाँले त्यसको क्वालिटीका बारेमा खुलेर प्रशंसा गर्नुभयो । ’ पारससँगको भेट र संवादपछि कुँवरले भने, ग्राउण्ड सक्रिएपछि के कसरी टुर्नामेन्ट गर्नसकिन्छ भनेर कुरा भयो । क्यानको तर्फबाट सहयोग हुन्छ भन्नुभएको छ । हामी आशवादी छौं । ’ २५ देखि ३० हजार दर्शक क्षमताको एकेडेमीसहितको स्टेडियम पाँच वर्षमा सकिनेछ । हरेक वर्ष पाँच हजार दर्शक क्षमताको काम सक्ने गरी अघि बढिरहेको एक्स्ट्राटेकका निर्देशक विनोद कुँवरले बताए । शुरुमा ४० करोड लागतमा भन्ने भनिएपनि लागत बढ्ने देखिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्