लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृतकका परिवारलाई ६ लाख दिने सहमती ,चार दिन पछि उठ्यो आम्दा अस्पतालबाट शव

tillotmacitynews - 2023 Dec 02 01:30 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१६ गते ।  बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलोलुम्पेकी भावना राजकोटीको शब चार देखिपछि उठेको छ । ३२ बर्षिय राजकोटीको मंसिर १२ गते शल्यक्रिया मार्फत बच्चा जन्माएपछि उनको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित मृतकका आफन्तले भावनाको मृत्यु चिकित्सको लापरबाही बाट भएको भन्दै चिकित्सकलाई कारबाही र पिडितलाई क्षतिपुर्ति दिन माग गर्दै विवाद गरेका थिए ।


पछि विवाद बढ्दै गएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डन डा। राजेन्द्र बस्याल माथी कुटपिट गरेका थिए । त्यसपछि भावनाको शब उठ्न सकेको थिएन । सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रिया मार्फत ५ किलोग्रामको छोरालाई जन्म दिएकी थिइन ।


रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिकित्सक, मृतकका आफन्त, स्थानिय तहका पदाधिकारी सहित बसेको बैठक पछि शव उठाउने विषयमा सहमती भएको बताए । अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको संयोजनमा बैठक बसेको थियो ।


अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख पाण्डेयले मृतकका २ जना बच्चाहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख रुपैयाँ र गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख रुपैयाँ दिने तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमति सर्वपक्षिय छलफलमा निर्णय भएको बताए ।

कमेन्ट गर्नुहोस्