
तिलोत्तमा, मङ्सिर ८ गते २०८०। सर्जक खिमानन्द खरेलले पारीजातको बोट पन्चेबाजा गीत बजारमा ल्याएका छन् ।मंसिर लागे लगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ ।बजारमा यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक भैइरहेका बेला खरेल पारीजातको बोट नयाँ गीत बजारमा ल्याएका हुन् ।पहिला बजारामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास उहाले बताउनु भयो।
बिगत केहि वर्षयता खिमानन्द प्रबास बाटनै गीतमा सकृय छन। उनका सिर्जनामा सामाजिक र सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण गरेको पाइन्छ। मार्मिक भाकाहरू उनका धेरै छ। केहि समय पहिले मेचि महाकाली ,करङ खोलीमा ,अभागी आमा , रस जोवन , प्यारो मुसीकोट , मगर मेला लगाएत दर्जनौ गीत हेर्न सुन्न सकिन्छ। उनको आफ्नै च्यानलबाट बजारमा ल्याएका छन्। सकेसम्म सङ्गीत र लय पनि रैथाने शैलीकै उनको रुचिमा पर्ने गर्दछ्न गीतमा रैथाने शब्द, भाका र कथा भर्न सिपालु सर्जक खरेलको गीतले गाउँबाटै तयार भएर सहर गुन्जाएका छ्न ।
यस पटक पाल्पाको रमणीय स्थल बौघागुम्मामा छायाङ्कन खिमानन्द खरेलको शब्द लय रामचन्द्र चन्दको सगीत सम्योजन रहेको सोहि गीतमा ईश्वर सिंह र सुनिता बुढाको स्वर प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको छ भने अस्मिता रणपाल सुमन थापा दिप्सन क्षेत्री,नबिना घर्तिको अभिनय रहेको सोहि गीतमा सुमन थापाको निर्देशन र कोरियो मा राम केसी को छायाङ्कन रहेको उक्त गीत Revensh music Youtube च्यानलबाट सार्बजनीक भएको छ।
कमेन्ट गर्नुहोस्