लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जि.प्र.का रुपन्देहीको सूचना देउसी भैलाे राति १० बजेसम्म खेल्न पाइने

tillotmacitynews - 2023 Nov 11 05:51 PM
IMG

तिलोत्तमा सिटी, २५ कात्तिक २०८० गते । रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै आग्रह गरेको हो । यस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र गर्न आग्रह गर्दै सूचनाको बर्खिलाप हुने क्रियाकलापहरू प्रचलित कानुनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानुनतः पूर्ण रूपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन पनि प्रशासन कार्यालयको आग्रह छ ।

कमेन्ट गर्नुहोस्