लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बागमती प्रदेश र भरतपुर महानगरले मिलेर गौतमबुद्ध रंगशालाको काम तत्काल सुरु गर्ने

tillotmacitynews - 2023 Nov 07 03:35 PM
IMG

तिलोत्तमा सिटी, २१ कात्तिक २०८० । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ । चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । तयसपछि यो रंगशाला अलपत्र बनको थियो । मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।


मोक्तानका अनुसार महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको हो । ‘७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले बेहोर्छ,’ मोक्तानले अनलाइनखबरसँग भनिन् ।उनका अनुसार तिहार लगत्तै ठेक्का आह्वान हुने र ठेक्का पश्चात फिल्डको काम हुने गरी तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्