लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाडीमा राहत बोकेर बासुदेव घिमिरे पुगे जाजरकोट,भन्छन-आउनुस मिलेर विपदको सामना गरौ

IMG

तिलोत्तमा १९ कार्तिक २०८०। कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पबाट पीडितहरुको राहतको लागि माननीय प्रतितिधि सभा सदस्य बासुदेव घिमिरे जाजरकोट पुग्नु भएको छ। माननीय घिमिरेले आफ्नो तर्फबाट चामल, चिउरा, चाउचाउ, दालमोठ, तयारि खाजा र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल सहित गैडहवा गाउँपालिकाको तर्फबाट चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोठ लगायतका विभिन्न खाद्य सामग्री एकमुस्ठ हस्तान्तरण गर्नुभएको छ।


जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । साथैं उहाँहरुले भूकम्पबाट घाइते भई अस्पतालमा उपचाररत घाइतेलाई जाजरकोट अस्पताल मै गएर स्वास्थ्य अवस्था बारे बुझी भेट गर्नुभएको छ भने जाजरकोट गाउँमै गएर पीडित स्थानीयसँग भेट समेत गर्नुभएको छ।विपद बाजा बजाएर नआउने हुँदा नेपालको बिकास कुरिरहेको सुदुरस्थानमा परेको विपदको सबै मिलेर सामना गर्न आग्रह समेत गर्नुभयो। उहाँले सहयोग छितार्रियर नगरेर एकमुस्ट रुपमा पालिका स्तरबाट अत्यावश्यक बस्तुसहित सेवा र सहयोग गर्न हार्दिक आग्रह समेत गर्नुभएको छ।  



कमेन्ट गर्नुहोस्