लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुकम्प पिडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन तिलोत्तमामा रक्तदान

IMG

तिलोत्तमा १९ कार्तिक २०८०। नेपाल स्वयसेवी रक्तदाता समाज तिलाेतमा शाखा र हाम्राे जागृति सगर माथा बचत  तथा ऋण सहकारी संस्था लिमिटेडकाे संयुक्त आयाेजनामा रक्तदान सम्पन्न भएको छ। जाजरकोट र रुकुम पश्चिममा आएको भुकम्पबाट भएका घाइतेको उपचारमा रगत अभाव हुन नदिन तिलोत्तमा-२ स्थित जागृति सहकारीको प्राङ्गणमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताहरुले रक्तदान गर्नु भएकाे थियाे  । सो कार्यक्रममा बोल्दै जाजरकाेट र रुकुममा गएकाे भूकम्पका कारण घाइतेको उपचारमा रगत अभाव हुन नदिने नेपाल स्वयंसेवी रक्तदाता समाज नेपालका केन्द्रीय महासचिव कृष्ण चौहानले प्रतिबद्धता ब्यक्त गर्नुभयो। 


हाम्रो जागृती सगरमाथा सहकारी.सस्था.लिमिटेडका अध्यक्ष लाेकनाथ पाण्डेकाे अध्यक्षता, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चाैहान क्षेत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्वयसेवी रक्तदाता समाज तिलाेतमा शाखाका अध्यक्ष गोविन्द भुसाल, शैक्षिक व्यक्तित्व राजेन्द्र कुँवर, होमराज बस्याल,लगायतको उपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्