लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाललाई रुसी राष्ट्रपति पुटिनको पत्र, भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिवद्धता

tillotmacitynews - 2023 Nov 05 08:49 AM
IMG

तिलोत्तमा सिटी, १९ कात्तिक २०८० गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । पुटिनले समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै प्राकृतिक विपत्तिको दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पत्रमार्फत राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्