लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्रीद्वारा विश्वकपमा छनोट भएको नेपाली टोलीलाई बधाई

tillotmacitynews - 2023 Nov 03 03:51 PM
IMG

तिलोत्तमा सिटी, १७ कात्तिक २०८० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ । शुक्रबार नेपाल टी–२० विश्वकपमा छनोट भएकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको हो । सन् २०१४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसि टि–२० विश्वकपमा नेपाल छनोट भएको हो । प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई दिनुहुँदै भन्नुभएको छ, ‘‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’’


शुक्रबार भएको माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यसैगरी, आजै भएको पहिलो सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।

कमेन्ट गर्नुहोस्