लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुबाट ३ लाख रुपैयाँ बराबरको पटाका बरामद

tillotmacitynews - 2023 Nov 02 01:51 PM
IMG

तिलोत्तमा सिटी, १६ कात्तिक २०८० । नेपाल प्रहरीले कपिलवस्तुबाट करिब ३ लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको छ ।  मायादेबी गाउँपालिका-४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेका विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको हो । उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्